• शनिबार, असोज ३ २०८३

अमेरिकाको एउटा अपार्टमेन्टमा आगो लाग्दा निसासिएर बालबालिकासहित १९ को मृत्यु


सोमबार, पुष २६ २०७८
725
Shares

अमेरिकाको न्यूयोर्कस्थित एउटा अपार्टमेन्टमा आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको छ।

घटनामा परी ५ दर्जनभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये १३ जना गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

१९ तले अपार्टमेन्ट भवनमा आगलागी आज बिहान सुरु भएको थियो।

आगो नियन्त्रणका लागि २ सयभन्दा बढी अग्नी नियन्त्रकहरु पुगेका थिए।

 

दोस्रो र तेस्रो तलाबाट आगलागी सुरु भएको र आगलागी नियन्त्रणमा आइसकेको न्युयोर्क सिटी फायर डिपार्टमेन्टले जनाएको छ ।

अपार्टमेन्टको ढोका खुला गरिएपछि धुँवा हरेक तलामा फैलिएको थियो। पीडितहरु हरेक तलाको भर्‍याङमा भेटिएका थिए। कैयनलाई हृदयघात भएको थियो । मृत्यु हुने र बिरामी हुनेहरु अधिकांश धुँवाका कारण भएको जनाइएको छ ।

यसैबीच  न्यू योर्कका मेयर एरिक यडम्सले घटनामा परि मृत्यु हुनेको सङ्ख्यालाई न्यूयोर्कमा ३० वर्षयताकै खराब भनेका छन्।
विद्युतीय हिटरमा खराबी आएपछि आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार