
गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१३ जनामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २१ जना महिला र १७ जना पुरुष रहेका छन ।
संक्रमित हुनेमा कास्कीका ३५, लमजुङ २ र नवलपरासी पूर्वमा १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ८८ हजार ५७६ पुगेको छ । प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २७ रहेकोे छ ।

गण्डकीमा पछिल्लो चौविस घण्टामा थप ७ जना संक्रमणमुक्त भएका छन । प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ९४६ पुगेको छ ।
प्रदेशमा हालसम्म ३ लाख ५७ हजार ३७७ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा २०३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १९१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
