• बुधबार, साउन १३ २०८३

देशभर १ हजार १६७ संक्रमित थपिए, २ जनाको मृत्यु


आइतबार, पुष २५ २०७८
615
Shares

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार १६७ जना संक्रमित भएका छन्।

१२ हजार ६३२ जनाको परीक्षण हुँदा उक्त संख्यामा संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

आज २२४ जना निको भएका छन्। २ जनाको मृत्यु भएको छ।

हाल नेपालमा सक्रिय संक्रमित ६ हजार ७५५ रहेको मन्त्रालयले जनाएको छ।आज भक्तपुरमा १५, ललितपुरमा ९९ र काठमाडौंमा ४९१ गरी उपत्यकामा ६१५ जना संक्रमित देखिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार