• शनिबार, असोज ३ २०८३

सहकारी विकासको लागि सरकार प्रतिबद्धः मन्त्री


आइतबार, पुष २५ २०७८
1.9K
Shares

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सहकारी प्रत्यक्ष जनतासँग जोडिएको संस्था भएकाले सहकारीको विकासको लागि प्रदेश सरकारले महत्वपूर्ण भुमिका खेल्ने बताएकी छन् । शनिबार हेटौंडा उपमहानगरपालिका१३, शिखरपानीस्थित चुरेशिखर कृषि सहकारी संस्था लिमिटेडको १३ औं वार्षिकसाधारणसभाको उद्घाटन गरेपछि उनले सहकारी ऐनमा संशोधन गर्न सकिनेभन्दै त्यसका लागि पहल गर्ने बताईन्।

सहकारी ऐनमा केही समस्या छ भने पुर्नविचार गर्नुपर्छ, गर्न सकिन्छ,’ उनले भनिन्, ।।।प्रदेश सरकारले ऐन, कानून बनाउँदापत्रकार,यातायात,बालबालिका,महिलाको संघसंस्थासँग छलफल समेत गर्ने गरेको छ ।’ दुग्ध उत्पादकसहितधेरै किसानलाई प्रदेश सरकारले प्रत्यक्ष अनुदान र प्रोत्साहन रकम दिई रहेको भन्दै उनले जनतालाई सरकारले धेरै लाभ दिन किसान लक्षित कार्यक्रमका लागि सहकारीमार्फत् सुझावको अपेक्षा रहेको पनि बताईन् ।

गाउँगाउँमा रहेको कृषि सहकारीहरु उत्पादनमा जोडिएकोमा खुशी व्यक्त गदैर्उनले उत्पादन बढाउँदै उद्योगसँग जोड्न पनि आग्रह गरिन् । कार्यक्रममासहकारीले जेष्ठ नागरिक सम्मान, जोडी सम्मान, असल बचतकर्ता, उत्कृष्ट बाल बचत,उत्कृष्ट कृषकहरुलाई नगदसहित सम्मान गरिएको थियो ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष महारत्न लामाको विशेषआतिथ्य रहेको कार्यक्रम सहकारीका अध्यक्ष राजु दर्लामीको सभाध्यक्षतामा भएको थियो ।

हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल,जडिबुटी सहकारी संघ मकवानपुरका सचिव लिलाकुमार घलान, स्वाबलम्बनबहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिपेश थिब, नारायणी संघ हेटौंडाकानिवर्तमान अध्यक्ष बद्री प्रसाद चौलागाई, जनप्रिय प्राविधिक शिक्षालय, हटियाकाअध्यक्ष रमेश खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए । ३ करोड ३५ लाख ७६हजार रुपैंया बचत र ३ करोड २६ लाख ४९ हजार रुपैंया लगानी रहेको सहकारीमा ७ सय ८९ जना शेयर सदस्य रहेको बताईएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार