गोरखा । द ओसन क्लबकाे चाैथाे फुटबल मेला अन्तर्गत आज शनिबार पाँच खेल सम्पन्न भएका छन् । गोरखा नगरपालिका ९ दलभञ्याङ्ग स्थित क्लबकाे आफ्नै कृतिम घाँसे मैदानमा फुटबल मेला अन्तरगत आज ५ खेल सम्पन्न भएकाे हाे ।
दुई चरणमा गरिने मेला अन्तरगतकाे पहिलाे चरणमा हाल गोरखा नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत १३ वर्ष मुनिका खेलाडी बीच खेलहरु भइरहेका छन् ।
हरेक हप्ताकाे शनिबार खेलाइने खेलहरुमा आज पुष २४ गतेकाे शनिबार बिभिन्न १० बिधालयविच प्रतिस्प्रधा भएकाे छ । जसमा गोरखा नगरपालिका ६ काे बालमन्दिर मावीले जेन्ट जाेसेफलाई ३-० गाेलअन्तरले हराएकाे छ भने दाेस्राे खेलमा माेर्डन इङ्ग्लिस बाेर्डिङ्ग स्कुल विजयी बनेकाे छ । माेर्डनले सरस्वती मावि आहालेलाई ५-१ गाेल अन्तरले हराएकाे हाे ।
त्यस्तै तेस्राे खेलमा महेन्द्र मावि गोरखा नगरपालिका १४ काे रामशाह आधारभुत विधालयलाई २-० गाेलअन्तरले हराउदै विजयी बनेकाे छ भने चाैथाे खेलमा शक्ती माविलाई १-० गाेलअन्तरले हराउदै रत्नलक्ष्मी विजयी बनेकाे आयाेजक क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए ।
यसैगरी आजकाे अन्तिम खेल भने लक्ष्मी बजारकाे महालक्ष्मी मावि विजयी बनेकाे छ । महालक्ष्मीले गोरखा मनकामना बाेर्डिङ्ग स्कुललाई ४-२ गाेलअन्तरले हराएकाे हाे ।
आज ७ खेल खेलाउने याेजना रहेपनि केहि प्राविधिक समस्याका कारण दुइखेल भने हुन नसकेकाे अध्यक्ष खत्रीले बताए । बाँकी २ खेल आगामी मंगलबार हुने उनकाे भनाई छ ।
प्रतियाेगितामा नगरक्षेत्रका १६ बिधालयकाे सहभागिता रहेकाे छ ।
हरेक शनिबारका दिन मात्रै खेलाईने प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाई ट्रफी र मेडलको व्यवस्था गरिएको खत्रीले जानकारी दिए । उक्त प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ जना खेलाडीलाई क्लवले छनौट गरी एक वर्षसम्म प्रशिक्षण दिने खत्रीले जानकारी दिए ।
प्रतियोगिता अवधिभर खेलाडीहरुलाई आउने जाने गाडी भाडा र खाजाको व्यवस्था नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गर्नेछ । गोरखा नगरपालिको सहयोगमा फुटबल मेला आयोजना गरिएकाे अध्यक्ष खत्रीले बताए ।
त्यस्तै, दोस्रो चरणको फुटबल प्रतियोगिता चैत्रबाट सुरु हुने उनले बताए । पहिलो चरणका विजेता र उपविजेता दुई टिम, पोखरा, तनहुँ, स्याङ्जा, पोखरा, चितवनबाट एक/एक टिम, काठमाडौको ४ टिम र आयोजकको तर्फबाट एक टिम सहभागी हुन्छन् ।
प्रतियोगितामा विजेता, उपविजेता टिमले नगद, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लवले जनाएको छ ।