• बुधबार, कार्तिक २६ २०८३

‘टिप टिप वर्षा पानी’ गीतमा युवतीका साथ पाकिस्तानी सांसदको डान्स, भयो भाइरल (भिडिओ)


बिहिबार, पुष २२ २०७८
610
Shares

अहिले सामाजिक सञ्जालमा एउटा डान्स निकै भाइरल भइरहेको छ।

यो कुनै अभिनेता वा अभिनेत्रीको होला भन्ने सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ। वास्तवमा यो नृत्य पाकिस्तानको नेसनल एसेम्बलीका सांसद अमिर लियाकत हुसैनले गरिरहेको डान्स हो, जसलाई देखेर पार्टीमा उपस्थित अतिथि स्तब्ध भए र यति धेरै ताली बज्यो कि पूरै हल गुञ्जियो। 

करिब ६० सेकेन्डको उक्त भिडिओमा उनी बलिउड फिल्म मोहराको हिट गीत ‘टिप–टिप वर्षा पानी’ मा डान्स गरिरहेका छन्। 

आफ्नो डान्सका क्रममा उनले यस्तो स्टेप्स गरे कि त्यहाँ उपस्थित पाहुना छक्कै परे। त्यहाँ उपस्थित सहभागीले सांसदको निकै प्रशंसा गरेका थिए। यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि लाखौंपटक हेरिएको छ।

पाकिस्तानी सांसदले गरेको त्यो भाइरल डान्स तल

https://twitter.com/i/status/1478698738596163587

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार