• शनिबार, असोज ३ २०८३

सुनचाँदीको भाउ घट्यो, कति छ मूल्य ?


बिहिबार, पुष २२ २०७८
590
Shares

नेपाली बजारमा बिहीबार सुनको भाउमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले घटेको हो। 

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

चाँदीको भाउ पनि बिहीबार प्रतितोला २५ रुपैयाँले घटेको छ। चाँदी तोलाको १२३५ रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार