• शनिबार, असोज ३ २०८३

र्‍यापर जे स्ट्यासद्वारा २७ वर्षीया प्रेमिकाको गोली हानी हत्या, आफैंले पनि गरे आत्महत्या


बिहिबार, पुष २२ २०७८
1.1K
Shares

र्‍यापर  जे स्ट्यासले अमेरिकाको लस एन्जलसस्थित आफ्नै घरमा प्रेमिकाको गोली हानी हत्या गरेका छन् । प्रेमिकाको हत्या पछि उनी आफैंले आत्महत्या गरेका छन् ।

रिपोर्टका अनुसार घटना हुँदा उनकी प्रेमिकाका तीन छोरा घरको अर्को कोठामा थिए ।घटना अंग्रेजी नयाँ वर्षको दिनमा भएको हो । प्रहरीलाई  बिहानै सात बजे घटनाबारे जानकारी पाएको थियो । घटनास्थलमा पुग्दा प्रहरीले २८ वर्षीया जियनेट गालेगोस र आधिकारिक नाम जस्टिन जोसेप भएको २८ वर्षे जे स्ट्यासको शव घरभित्र भेटेको थियो ।

जे स्ट्यास र गालेगोस हालै क्यालिफोर्निया स्टेट युनिभर्सिटीबाट ग्रेजुएट भएका थिए ।  यी दुई विगत एक वर्षदेखि सम्बन्ध भएको बताइन्छ । प्रहरीका अनुसार यी दुईबीच सामान्य विवाद भएपछि र्‍यापरले प्रेमिकालाई मास्टर बेडरुममा लगेर भित्रबाट चुकुल लगाएका थिए ।

लेफ्टिनेन्ट डेरिक अल्फ्रेडले गालेगोसका ७ र ११ वर्षका दुई सन्तानले  कोठाको ढोका बारम्बार ढक्ढकाइरहेका थिए । ढोका नखुलेपछि उनीहरुले आफ्नी हजुरआमालाई फोन गरे जसले ९११ मा फोन गर्न सुझाव दिइन् ।

‘यो निकै दुःखद घटना हो,’ उनले भने ।

तीन सन्तानमध्ये एकले ९११ मा फोन गरेपछि ती सबै घरबाट निस्किए । घटनास्थल पुगेपछि ती बच्चाहरु दौडिएर आफूहरु भएठाउँ आएको प्रहरीले जानकारी दिएको छ । यीमध्ये कसैलाई पनि कुनै चोट देखिएको छैन ।

लेफ्टिनेन्टका अनुसार र्‍यापर  ती बालबालिकाका पिता होइन र उनीहरु अहिले परिवारका अन्य सदस्यसँग छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार