• बुधबार, साउन १३ २०८३

कोरोनाले अभिभावक गुमाएका बालबालिकाको तथ्यांक खोज्दै सरकार


बुधबार, पुष २१ २०७८
670
Shares

राष्ट्रिय बाल अधिकार परिषद्ले कोरोना महामारीले अभिभावक गुमाएका बालबालिकाको तथ्यांक संकलन शुरु गरेको छ । उसले हरेक स्थानीय तहसँग अभिभावकले हेर्न नसकेका र स्थानीय तहमा संरक्षण हुन नसकेका बालबालिकाको विवरण माग गरेको छ ।

अहिलेसम्म ३६ स्थानीय तहबाट मात्रै यससम्बन्धी विवरण आएको परिषद्को बाल संरक्षण शाखा प्रमुख नमुना भुसालले जानकारी दिइन्

परिषद्मा अहिलेसम्म प्राप्त विवरण अनुसार २३७ जना बालबालिकाले अभिभावक गुमाएका छन् । जसमा १ देखि ५ वर्षसम्मका ३६ जना, ६ देखि १० वर्षसम्मका ४८ जना, ११ देखि १८ वर्षका ११४ जना छन् भने बाँकीको उमेर खुलेको छैन ।

त्यसमध्ये १४६ जनाको बुबाको मृत्यु भएको छ भने ३१ जनाको आमाको मृत्यु भएको छ । आमाबुबा दुवै मृत्यु हुने बालबालिकाको संख्या २० छ । कतिपय बालबालिकाको संरक्षक नखुलेको, हेर्ने मान्छे नभएको भन्ने तथ्यांक आएकाले प्रमाणित गर्ने काम भइरहेको प्रमुख भुसालले बताइन् ।

परिषद्ले आमा बुबामध्ये एक जना अभिभावक भएकालाई घरमै, बाबुआमा नभएकालाई हजुरआमा–हजुरबुबा, काका–काकी, मामा–माइजु भएकासँग राख्ने, सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार