• आइतबार, भाद्र २१ २०८३

यी हुन् ओमिक्रोन संक्रमणका नयाँ लक्षण, सतर्क भइहाल्नुस्


बुधबार, पुष २१ २०७८
550
Shares

कोरोना भाइसको नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमण विश्वभर द्रुत गतिमा बढिरहेको छ। यसबाट पीडित बिरामीहरूमा विभिन्न प्रकारका लक्षण देखिइरहेका छन्। चिकित्सकहरूका अनुसार कोरोनाका प्रमुख लक्षणबाहेक केही यस्ता लक्षण छन्, जुन देखिँदा पनि तुरुन्तै कोरोना परीक्षण गराउनुपर्छ।

अमेरिकास्थित सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले हालै चेतावनी दिएको छ कि छाला, नङ र ओठको रंग परिवर्तन हुनु पनि ओमिक्रोन संक्रमणको लक्षण हो। यस्तो भएमा तुरुन्त कोरोना जाँच गराउनुपर्छ।

यी लक्षण देखिए सतर्क भइहाल्नुस्
सीडीसीका अनुसार ओमिक्रोनबाट संक्रमित व्यक्तिहरूमा विभिन्न प्रकारका लक्षण देखिएका छन्।यसका नयाँ लक्षणमा छाला, नङ वा ओठको रंग परिवर्तन हुनु हो। सीडीसीले चेतावनी दिँदै भनेको छ– पहेंलो, खैरो वा नीलो छाला, औंला र ओठले रगतमा अक्सिजन कमीको संकेत गर्न सक्छ। कोरोनाका कारण रगतमा अक्सिजनको कमी हुने भएकाले यस्ता लक्षण देखिएमा परीक्षण गराउनु निकै जरुरी हुन्छ।

यसका साथै सास फेर्न गाह्रो हुने, शरीर दुख्ने, छाती भारी हुने, भ्रम र लगातार निद्रा लाग्नु पनि ओमिक्रोनका लक्षण हुन सक्छन्।

ओमिक्रोनका प्रमुख लक्षण
सीडीसीका अनुसार भाइरस शरीरमा प्रवेश गरेको २ देखि १४ दिनपछि लक्षण देखा पर्छन्। यी हल्कादेखि गम्भीर हुन सक्छन्। कोरोनाका मुख्य लक्षणमा रुघाखोकी, खोकी, घाँटी दुख्ने, चिलाउने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने, गन्ध र स्वाद नआउने हुन्।

बेलायतको जेडओई कोभिड स्टडी एपका अनुसार ओमिक्रोनका लक्षण कब्जियत, पखाला, ब्रेन फग, सुत्दा पसिना आउनु, आँखा र छालाको कुनै पनि भाग सुन्निनु पनि हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार