• शनिबार, असोज ३ २०८३

प्रहरी निरीक्षक भूपेन्द्रको गीत युट्युब ट्रेन्डिङमा


मंगलबार, पुष २० २०७८
730
Shares

प्रहरी निरीक्षक तथा गीतकार भूपेन्द्र बुढाथोकीको शब्द रहेको गीत ‘धोका माथि धोका’ सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर, सुनिल बिसीको लय र विशाल निरौलाको सङ्गीत संयोजन गीतमा छ ।

समाचार तयार गर्दासम्म गीतले झन्डै ४ लाख भ्युज पाउँदै युट्युब ट्रेन्डिङको तेस्रो स्थान ओगट्न सफल भएको छ । गीतको म्युजिक भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् । भिडियोमा विक्रम बुढाथोकी र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा विक्रम र स्मारिकाको रोमान्स सुहाउँदो छ । 

नेपाल प्रहरीका निरीक्षक समेत रहेका गीतकार बुढाथोकीले यसअघि ‘फुल भनौँ जिन्दगीलाई’ बोलको गीत ल्याएका थिए । पूर्णिमा लामाको आवाज रहेको सो गीतले १ करोड बढी भ्युज पाएका छ । गीत भूपेन्द्र बुढाथोकीले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार