• शनिबार, असोज ३ २०८३

केटी पेरीले बीयर क्यान बाट बनेको ‘ब्रा’ लगाएपछि भाइरल (फोटो फिचर)


मंगलबार, पुष २० २०७८
1K
Shares

अमेरिकी गायिका केटी पेरी आफ्नो क्रिएटिभ आउटफिट्सले फ्यानलाई आफूतिर आकर्षित गर्न कहिल्यै पछि पर्दिनन् । हालैमात्र उनले लसभेगासमा प्ले रेजिडेन्सीको ओपनिङ नाइटमा यस्तै एक पहिरन लगाइन्, जुन पहिरनले सबैको ध्यान तान्यो ।

केटीले बीयर क्यानबाट बनेको ब्रा लगाएपछि त्यो ब्राले सबैको ध्यान खिचेको थियो । आफ्नो यो वाइल्ड आउटफिटमा केरी निकै ग्ल्यामर देखिएकी थिइन् । निकै प्रयोगात्मक यो पहिरन उनका फ्यानले सामाजिक सञ्जालमा भाइरल नै बनाएका छन् । उनीहरुले गायिकाको लुक्सको पनि प्रशंसा गरेका छन् ।

केटीको जुक जति धमाकेदार थियो, उनको स्टेज प्रस्तुति पनि उत्तिकै सानदार थियो । केटी सिल्भर सिक्वेन मिनी पहिरनमा थिइन् । ब्राको टुप्पोमा दुई बीयर क्यान जडान गरिएको थियो ।

आफ्नो ९० मिनेटको प्रस्तुतिमा केटी म्याजिकल ब्रा क्यानबाट बीयर निकालेर ग्लास भरेकी थिइन् । स्टेजमा केटीको अगाडि एक ठूलो मास्क राखिएको थियो । जुन मास्कसँग उनले गफ गरेकी थिइन् । उनको यो शो निकै रंगीन देखिएको थियो ।

केटीको शोमा एक ठूलो बीयर क्यानको सेट बनाइएको थियो । जसमाथि बसेर केटीले प्रस्तुति दिएकी थिइन् । उनले शोमा मसरुम जस्तो गेटअप पनि बनाएकी थिइन् । मसरुम क्राउन जस्तो क्याप, रेड आउटफिट र रेड बुटले उनी निकै सुन्दर देखिएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार