• शनिबार, कार्तिक २२ २०८३

आजबाट कोरोनाविरुद्धको अतिरिक्त खोप, क-कस्ले पाउने ?


मंगलबार, पुष २० २०७८
590
Shares

काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको अतिरिक्त खोपको मात्रा दिन सुरु गरेको छ । कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेका केन्द्रबाट अतिरिक्त डोज दिन सुरू गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, भेरोसेल वा सिनोफार्मको खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक वा जुनसुकै खोप लगाएका दीर्घरोगीलाई थप एक मात्रा खोप दिन सुरु गरिएको छ ।

मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी पोजेटिभ भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीहरुले अतिरिक्त खोप पाउने छन् ।

अतिरिक्त मात्रा खोप लगाउन पुरानो खोप कार्ड र आफ्नो स्वास्थ्य उपचार गरेको कागजात लिएर खोप केन्द्रमा जानुपर्नेछ ।

कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमणलाई मध्यनजर गर्दै सरकारले जोखिम वर्गलाई अतिरिक्त खोप दिने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार