• आइतबार, भाद्र २१ २०८३

थपिए ३२६ संक्रमित, निको भए २५५


सोमबार, पुष १९ २०७८
670
Shares

नेपालमा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३२६ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।९ हजार ७०० जनाको पिसिआर परीक्षण र २ हजार ७९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

२५५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ।अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ५ पुगेको छ।

यस्तै काठमाडौं उपत्यकामा १८४ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १४०, भक्तपुरमा १६ र ललितपुरमा २८ गरी १८४ जना थपिएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार