
गोरखा । गोरखामा १० दिने कृषि तथा ब्यापार प्रवद्र्धन मेला सुरु भएको छ । गोरखा चेम्वर अफ कमर्सको आयोजनामा सदरमुकामको खेलकुद मैदानमा आजदेखि मेला सुरु भएको हो ।
यस अघि पुष ५ गते बाट १५ गतेसम्म् हुने भनिएको मेला आयोजना स्थललाई लिएर भएको बिबादका कारण मेला स्थगित गरिएको थियो । विवाद समाधान भए लगत्तै आज देखि मेला सञ्चालनमा आएको हो ।

मेलाको आइतबार एक कार्यक्रमका वीच नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले उद्घाटन गरेका छन् । उद्घाटनअघि भने नयाँबजारबाट झाँकी सहितको ¥यालीले गाोरखा बजारको परिक्रमा गरेको थियो ।
मेलामा स्थानीय स्तरमा उत्पादन भएका कृषि प्रदर्शनी, घरेलु उद्योगबाट उत्पादीत सामग्रीका साथै जाती विशेषको खाना र अन्य स्टलहरु रहेको आयोजक संस्थाले जनाएको छ ।


मेलाले ब्यापार ब्यवशाय, कृषि उत्पादन बिक्री, पर्यटकीय स्थलको प्रचार प्रसारमा सहयोग पुग्ने आयोजक संस्थाले जनाएको छ । चेम्बरले मेला अवधीभरमा ३ करोड भन्दाबढिको कारोबार हुने अनुमान गरेको महासचिव रामस्वरुप श्रेष्ठले सिभिलखबरलाई बताए ।

यो अवधीमा करिब ५० हजार मानिसले मेलाको अबलोकन गर्ने समेत अनुमान चेम्बरको छ । आगामी पुष २८ गतेसम्म चल्ने मेला अवधीमा राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकार र स्थानीय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ । मेलामा करिब १ सय ३० वटा स्टल राखिएको पनि आयोजक संस्थाले जनाएको छ ।

गोरखा चेम्बरका अध्यक्ष भाइचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको ,उद्घाटन कार्यक्रममा नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल लगायत पदाधिकारी, जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङ, नेकपा एमालेका अध्यक्ष प्रेम गुरुङ, नेपाली काँग्रेसका सचिव किशोरजंग थापा, नेकपा माओवादी केन्द्रका गोरखा नगर अध्यक्ष कृष्ण राना, नेकपा एसकी सानुमाया बस्नेत, जनता समाजवादीका अध्यक्ष यानप्रसाद भट्ट, राप्रपाका कुल बहादुर बस्नेतले मन्तब्य राखेका थिए ।


त्यस्तै कार्यक्रममा गोरखा दरौदी यातायातका अध्यक्ष नारायण खत्री, बैंकर्स क्लबका केशव रेग्मी, मानवसेवा आश्रम गोरखा संयोजक मुुना लामा, नेपाल आदीवासी जनजाती महासंघ गोरखाका अध्यक्ष बिष्णु राना, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कैलाशबाबु श्रेष्ठ लगायतले बोलेका थिए ।