• आइतबार, भाद्र २१ २०८३

थप २१६ जना संक्रमित,२ जनाको मृत्यु


आइतबार, पुष १८ २०७८
815
Shares

नेपालमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २१६ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ७ हजार ६३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।५ हजार ९६२ जनाको पिसिआर परीक्षण र १ हजार ६६९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

२०९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ।

अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ पुगेको छ।यस्तै काठमाडौं उपत्यकामा १३७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ११८, भक्तपुरमा ६ र ललितपुरमा १३ गरी १३७ जना थपिएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार