• आइतबार, असोज ४ २०८३

मलामी सवार बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो (अपडेट)


आइतबार, पुष १८ २०७८
890
Shares

पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस  पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा  बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ ।

घटनामा घाइतेहरूलाई पाल्पाको प्रभावमा उपचारको लागि ल्याइँदै छ । बस बाटोबाट करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ । बाटो चिप्लो हुँदा बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।अर्घाखाँचीको मालारानी गाउँपालिका–२, कुभिण्डे स्थायी घर भई हाल बुटवल रानीगञ्ज बस्दै आएका ७० वर्षीय वीरबहादुर विश्वकर्माको निधनपछि मलामी गएकाहरू चढेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

बसमा अर्घाखाँची मालारानी–२ का धेरै व्यक्ति सवार रहेको बताइएको छ।  मृतकको सनाखत हुन बाँकी छ । आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार