• आइतबार, असोज ४ २०८३

अमेरिकाबाट प्रबेशको नयाँ वर्षको कोसेली ‘अनलाईन’ ( भिडियो )


आइतबार, पुष १८ २०७८
735
Shares

काठमाण्डौ – नयाँ वर्ष २०२२ को शुभ अवसर पारेर नव गायक प्रबेश राईले  आफ्नो पहिलो सांगीतिक सौगात ‘अनलाईन’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक प्रबेश राईको रहेको छ।

गीतलाई जीआर उप्रेतीले  संगीत संयोजन गरेका हुन्। आजको युवा पुस्तामा फेसबुक मार्फत व्यक्त गर्ने प्रेम र भावनालाई गीतमा व्यक्त गरिएको छ।  अनलाईनमा भएकी प्रेमिकाले  म्यासेजमा जवाफ नफ़र्काउदाको बेखुशी भिडियोमा प्रस्तुत गरिएको छ।

म्युजिक भिडियोमा गायक प्रबेश राई, श्रीजना  भुजेल र बादल मगरको अभिनय रहेको छ। भिम लामिछानेले छायाँकन गरेको भिडियोलाई राजेश शाहले सम्पादन गरेका हुन्।  प्रबेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

हाल अमेरिकामा बसोबास गर्दै आइरहेका गायक राई नेपाली गीत संगीतलाई मनै देखि माया गर्छन्। आगामी दिनहरुमा अझै स्तरिय सिर्जना सार्वजनिक गर्दै जाने बताउने गायक राईले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार