;}lgs d'Vofno hªuL c88fsf] gjlgld{t ejg . tl:a/ Mk|bLk/fh jGt,/f;;

नेपाली सेनाले अधिकृत क्याडेट पदमा भर्ना खुलाएको छ। सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आइतबार सूचना जारी गरी २२९ जना अधिकृत क्याडेट माग गरेको हो।

सूचनाअनुसार खुलातर्फ १२० र समावेशीतर्फ १०९ जना अधिृकत क्याडेटका लागि दरखास्त आह्वान गरिएको छ।आवेदन आगामी माघ १७ गतेभित्र दिइसक्नुपर्ने तथा त्यसपछि दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि दिन सकिने सेनाले जनाएको छ।

