• आइतबार, असोज ४ २०८३

दीक्षा केसीले जितिन् ‘मिसेस नेपाल वर्ल्ड २०२१’ को उपाधि


आइतबार, पुष १८ २०७८
800
Shares

काठमाडौंको बाफलकी दीक्षा केसीले ‘मिसेस नेपाल वर्ल्ड २०२१’ को उपाधि जितेकी छन्।

शनिबार राजधानीमा सम्पन्न विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा प्रमुख निर्णायक सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको प्रश्नको जवाफ दिएर दिक्षाले उपाधि जितेकी हुन्।यस्तै उनले ‘लेडी विथ कम्प्यासन’को उप-उपाधि पनि जितिन्। यो सँगै दीक्षाले सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने मौका पाएकी छन्।यसै वर्षदेखि मिसेस नेपाल वर्ल्डको विजेतालाई मिसेस वर्ल्डमा सहभागी गराउने गरी फ्रेन्चाइजी मिलाइएको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी दिए।

सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमूख निर्णायक तथा अभिनेता राजेश हमाल, कोरियोग्राफर प्रशान्त ताम्राकार, नेपाल सुपर लिगकी अध्यक्ष अश्रेता कार्की चौधरी, नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष राजकुमार क्षेत्री र ब्राजिल नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष अखिल चापागाईँ निर्णायक थिए।

प्रतियोगितामा उषा रजक मिसेस नेपाल इन्टरनेसनल भइन्। उनले उपाधिसँगै सिङ्गापुरमा हुने क्रमशः मिसेस इन्टरनेसनल प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने मौका पाएकी छन्। यस्तै एमएस इन्टरनेसनलको उपाधि जितेकी पविता गिरीले एमएस इन्टरनेसनलमा सहभागिता जनाउने मौका पाउनेछिन्।उषा मस्ट ट्यालेन्टेड र  मस्ट बोल्डको विजेतासमेत भइन्।

प्रतियोगितामा उषा रजक मिसेस नेपाल इन्टरनेसनल भइन्। उनले उपाधिसँगै सिङ्गापुरमा हुने क्रमशः मिसेस इन्टरनेसनल प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने मौका पाएकी छन्। यस्तै एमएस इन्टरनेसनलको उपाधि जितेकी पविता गिरीले एमएस इन्टरनेसनलमा सहभागिता जनाउने मौका पाउनेछिन्।

प्रतियोगिताका अन्य विजेताहरू 

  • सुनिता लामा-मिसेस नेपाल वर्ल्ड फस्ट रनरअप
  • राजश्री थापा-मिसेस नेपाल वर्ल्ड सेकेण्ड रनरअप
  • मनिता प्याकुरेल मिसेस नेपाल वर्ल्ड थर्ड रनरअप 
  • माधुरी कर्ण-वेस्ट स्माइल, भ्यूअर्स च्वाइस, मिसेस टुरिजम एम्बेस्डर
  • लक्ष्मी जोशी- पब्लिक च्वाइस अवार्ड
  • सोनु मगर ढुंगेल- वेस्ट हेयर
  • सुमिता लामा- वेस्ट र्‍याम्पवाक, मस्ट फोटोजेनिक
  • माला सुनुवार- मस्ट इन्टलिजेन्ट, मस्ट डिसिप्लेन्ड
  • पवित्रा बानियाँ- मिसेस कन्जीनियालिटी
  • जयन्ती राई- फेसन आइकन
  • मनिता प्याकुरेल- वेस्ट पर्सनालिटी
  • सुष्मिता खड्का- मस्ट व्युटिफल
  • राजश्री थापा- मस्ट कन्फिडेन्ट
  • सुमित्रा पौडेल उप्रेती- मस्ट क्रिएटिभ 
  • मोनिका न्यौपाने- म्यानेजमेन्ट च्वाइस 

कार्यक्रममा अभिनेत्री गौरी मल्ललाई चम्किलो क्राउन पहिराएर मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिएको थियो। यसअघि मिसेस नेपालको मञ्चमा रिवन इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार