गोरखा । हिमालयन युवा समाज गोरखाले पुष १९ र २० गते निशुल्क आँखा शिविर गर्ने भएकाे छ । गाेरखा नगरपािलका १२ स्थित दश किलोमा रहेको श्री महेन्द्र माविकाे प्राङ्गगणमा भाेली पुष १९ र २० गते नि:शुल्क आँखा शिविर गर्न लागेकाे हाे ।
समाजको आयोजनामा हुन लागेकाे शिविरमा आँखा सम्बन्धिकाे सम्पूर्ण समस्याकाे परिक्षण हुने अध्यक्ष मनाेज देवकाेटाले जानकारी दिए । उक्त शिविरमा काठमाडौकाे महाराजगन्जमा रहेको विपि कोइराला लायन्स नेत्र अध्ययन केन्द्रकाे प्राविधिक सहयाेग रहने उनले बताए ।
आर्थिक अभावले उपचारमा समस्या भएकाहरुलाई लक्षित गरी निशुल्क शिविर गरिएकाे देवकाेटाकाे भनाई छ । शिविरमा नि:शुल्क आँखा शिविरका साथै मोतिया बिन्दुको पनि निशुल्क उपचार हुने उनले जानकारी दिए ।
शिविर बिहान भाली साेमबार ९ बजेदेखि सुरु हुने बताइएकाे छ ।
