• आइतबार, असोज ४ २०८३

गोरखामा चेम्बरकाे कृषि तथा ब्यापार मेला आजबाट, केन्द्रिय अध्यक्षले उद्घाटन गर्ने


आइतबार, पुष १८ २०७८
1.3K
Shares

गोरखा । गोरखा चेम्वर अफ कमर्सको आयोजनामा सदरमुकाममा आदेखि कृषि तथा ब्यापार प्रवद्धन मेला सुरु हुदैछ ।

मेला आज पुस १८ गते सुरु भएर पुष २७ गतेसम्म चल्नेछ ।

यस अघि पुष ५ गते बाट १५ गतेसम्म् हुने भनिएको मेला खेलकुद मैदान बिबादका कारण स्थगित गरिएको थियो । विवाद समाधान भए लगत्तै आज १८ गते देखि २७ गतेसम्म सञ्चालनमा आउन लागेकाे हाे ।

गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा हुने मेलाकाे आज दिउँसाे एक कार्यक्रमका वीच नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उद्घाटन गर्ने गोरखा चेम्बरका महासचिव रामस्वरुप श्रेष्ठले जानकारी दिए । उद्घाटनअघि भने झाँकी सहितकाे र्यालीले बजार परिक्रमकाे कार्यक्रम रहेकाे उनले बताए ।

मेलामा कृषि उत्पादनको प्रदर्शनी, घरेलु उद्योगबाट उत्पादीत सामग्रीका साथै जाती विशेषको खाना र अन्य स्टलहरु रहने आयोजक संस्थाले जनाएको छ ।

मेलाले ब्यापार ब्यवशाय, कृषि उत्पादन बिक्री, पर्यटकीय स्थलको प्रचार प्रसारमा सहयोग पुग्ने आयोजक संस्थाले जनाएको छ । चेम्बरले मेला अवधीभरमा ३ करोड भन्दाबढिको कारोबार हुने अनुमान गरेको छ ।

यो अवधीमा करिब ५० हजार मानिसले मेलाको अबलोकन गर्ने अनुमान चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए ।

मेलामा राष्ट्रिय ख्याती प्राप्त कलाकार र स्थानीय कलाकारहरुहरुको प्रस्तुती निरन्तर रहने आयोजकले जनाएको छ ।मेलामा १३० वटा स्टल राखिएको पनि आयोजक संस्थाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार