• आइतबार, असोज ४ २०८३

गोरखामा चेम्बरकाे कृषि तथा ब्यापार मेला भाेलीबाट सुरु हुने


शुक्रबार, पुष १६ २०७८
985
Shares

गोरखा । चेम्वर अफ कमर्स गोरखाको आयोजनामा कृषि तथा ब्यापार मेला २०७८ पुस १८ गतेदेखि २७ गतेसम्म हुने भएको छ ।

यस अघि पुष ५ गते बाट १५ गतेसम्म् हुने भनिएको मेला खेलकुद मैदान बिबादका कारण स्थगित गरिएको थियो । विवाद समाधान भय लगत्तै १८ गते देखि २७ गतेसम्म सञ्चालनमा आउने भएको छ ।

गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा हुने भनियको मेलाका बिषयमा एन्फा र कर्मसको सहमति लगत्तै सञ्चालनमा ल्याउन लागिएको मेला आयोजक चेम्बर अफ कर्मस गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिए ।

मेलामा कृषि उत्पादनको प्रदर्शनी, घरेलु उद्योगबाट उत्पादीत सामग्रीका साथै जाती विशेषको खाना र अन्य स्टलहरु रहने आयोजक संस्थाले जनाएको छ ।

मेलाले ब्यापार ब्यवशाय, कृषि उत्पादन बिक्री, पर्यटकीय स्थलको प्रचार प्रसारमा सहयोग पुग्ने आयोजक संस्थाले जनाएको छ । चेम्बरले मेला अवधीभरमा ३ करोड भन्दाबढिको कारोबार हुने अनुमान गरेको छ ।

औपचारीक रुपमा १८ गतेदेखी सञ्चालनमा आउने भनिएपनि आयोजक संस्थाले आजैदेखी ब्यापार मेला सञ्चालनमा ल्याएको छ । यो अवधीमा करिब ५० हजार मानिसले मेलाको अबलोकन गर्ने अनुमान चेम्बर अफ कमर्सले गरेको छ ।

मेलामा राष्ट्रिय ख्याती प्राप्त कलाकार र स्थानीय कलाकारहरुहरुको प्रस्तुती निरन्तर रहने आयोजकले जनाएको छ ।मेलामा १३० वटा स्टल राखिएको पनि आयोजक संस्थाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार