• आइतबार, असोज ४ २०८३

गोरखामा मिनी ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, चार जना घाइते


शुक्रबार, पुष १६ २०७८
565
Shares

आरुघाटबाट माछाखोलातिर जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।गाडीमा सवार अन्य चार जना मध्य एक जनाको अवस्था गम्भीर रहेको डिएसपी प्रकाश दाहालले बताए ।

बा ५ ख ६५६६ नम्बरको सो मिनि ट्रक सडकबाट १०० मिटर तल बुढीगण्डकीमा खस्दा चालक शिराचन नेपाल सहित दुई जनाको मृत्यु भएको उनले जानकारी दिए । मृत्यकको अझै सनाखत नभएको पनि उनले बताए ।

दाहालका अनुसार गम्भीर घाइते भएका धार्चे ३ उहियाका आसमान गुरुङलाई थप उपचारका लागि गोरखा ल्याएको छ । सोहि वडाका २६ वर्षीय शरणी गुरुङ र उनका २ वर्षीय बालिका सपना गुरुङ र धार्चे ५ का अस्मिता गुरुङ स्थानीय मेडिकलमा उपचार भइरहेको डिएसपी दाहालले जानकारी दिए ।

सवारी दुर्घटनाको थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार