• आइतबार, असोज ४ २०८३

रोनाल्डोको गोल, युनाइटेडको सहज जित


शुक्रबार, पुष १६ २०७८
820
Shares

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि सहज जित निकालेको छ ।

युनाइटेड बर्नलीलाई ३-१ गोल अन्तरले हराउदै शीर्ष ६ मा उक्लिएको हो । स्कट एमसी टोमिनीले ८ औँ मिनेटमा पहिलो गोल गरे । २७औँ  बेन मीले आत्मघाती गोल गर्दा युनाइटेडले २-० को अग्रता बनायो । रोनाल्डोले ३५औँ मिनेटमा घरेलु मैदानमा टिमका लागि तेस्रो गोल गरे। ३८औँ मिनेटमा आरोन लेनोनको गोल गरे पनि बर्नलीले हार टार्न सकेन ।

युनाइटेड १८ खेलबाट ३१ अंकका साथ छैटौँ स्थानमा रहँदा एक खेल कम खेलेको टोटनह्यमको ३० अंक रहेको छ । कोभिडका कारण एभर्टन र न्युक्यासलबीच तय  खेल भने स्थगित भएको थियो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार