
गोरखा । द ओसन क्लवले आयाेजना गर्ने फुटबल मेला भाेलि शनिबारबाट सुरु हुने भएकाे छ । क्लबकाे आयाेजनामा हुने चौथो फुटबल मेला दलभञ्ज्याङ्ग स्थित कृतिम खेल मैदानमा भाेलीदेखि सुरु हुने भएकाे हाे ।
दुई चरणमा गरिने मेला अन्तरगत पहिलाे चरणअन्तर्गत भाेलीबाट गोरखा नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत १३ वर्ष मुनिका खेलाडी बीच फुटबल प्रतियोगिता हुने क्लवका अध्यक्ष अमित खत्रीले बताए ।

नगरभित्रका जम्मा १६ टिमकाे सहभागिता रहने प्रतियाेगिताकाे हिजाे बिहिबार क्लबले पत्रकार सम्मेलन गरेर खेलकाे टाईसिट सार्वजानिक गरेकाे छ । जसमा प्रतियाेगितालाई ४ समुहमा बिभाजन गरिएकाे क्लबले जनाएकाे छ ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियाेगिताकाे ए समुहमा गोरखा नगरपालिका ९ काे महालक्ष्मी मावि, १० काे रत्नराज्य मावि, ७ काे मनकामना बाेर्डिङ्ग र १ काे जनज्याेती आधारभुत बिधालय रहेका छन् । जसमा महालक्ष्मी र जनज्याेती त्यस्तै रत्नराज्य र मनकामना बाेर्डिङ्गबिच प्रतिस्प्रधा हुने अध्यक्ष खत्रीले बताए ।

त्यस्तै समुह बि मा वडा नम्बर ८ काे द ओल्ड क्यापिटल मावि, ४ काे सरस्वती मावि, १२ काे सेन्ट जाेसेफ र ६ काे बालमन्दिर मावि रहेका छन् । यस समुहमा ओल्ड क्यापिटल र बालमन्दिर त्यस्तै सेन्ट जाेसेफ र सरस्वतीवीच प्रतिस्प्रधा हुने बताइएकाे छ ।
यसैगरी समुह सि मा वडा नम्बर ८ काे सरस्वती मावि, १२ काे महेन्द्र मावि, ६ काे माेर्डन इङ्गलिस बाेर्डिङ्ग र १३ काे रामशाह मावि रहेका छन् । समुह डि अन्तरगत सरस्वती र रामशाह त्यस्तै माेर्डन र महेन्द्रविच खेल हुने खत्रीकाे भनाई छ।
प्रतियाेगिताकाे समुह डि मा वडा नम्बर ९ काे लक्ष्मी सामुदायिक शिक्षा सदन, ६ काे शक्ती मावि, ७ काे जेनियस बाेर्डिङ्ग र ८ काे रत्नलक्ष्मी मावि रहेका छन् । यस समुह अन्तरगत लक्ष्मी सामुदायिक र रत्नलक्ष्मी तथा शक्ती र जेनियस विच प्रतिस्प्रधा हुनेछ ।


हरेक शनिबारका दिन मात्रै खेलाईने प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाई ट्रफी र मेडलको व्यवस्था गरिएको खत्रीले जानकारी दिए । उक्त प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ जना खेलाडीलाई क्लवले छनौट गरी एक वर्षसम्म प्रशिक्षण दिने खत्रीले जानकारी दिए ।
प्रतियोगिता अवधिभर खेलाडीहरुलाई आउने जाने गाडी भाडा र खाजाको व्यवस्था नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गर्नेछ । गोरखा नगरपालिको सहयोगमा फुटबल मेला आयोजना गर्न लागेको अध्यक्ष खत्रीले बताए ।
प्रतियाेगिगता अन्तर्गतका खेलहरु सिभिलखबरकाे फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण हुने क्लबले जनाएकाे छ ।


त्यस्तै, दोस्रो चरणको फुटबल प्रतियोगिता चैत्रबाट सुरु हुने उनले बताए । पहिलो चरणका विजेता र उपविजेता दुई टिम, पोखरा, तनहुँ, स्याङ्जा, पोखरा, चितवनबाट एक/एक टिम, काठमाडौको ४ टिम र आयोजकको तर्फबाट एक टिम सहभागी हुन्छन् ।
सबै गरेर कुल १२ टिम हुन्छ’ अध्यक्ष खत्रीले भने । प्रतियोगिता विजेता, उपविजेता टिमले नगद, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लवले जनाएको छ ।