गोरखा । गुरुङ समुदायले हिजाे (बिहीबार) ‘तमु ल्होसार’ पर्व मनाएका छन् ।
पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर गुरुङ समुदायले नयाँ वर्षका रुपमा ल्हाेसारलाई मनाएका हुन ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । ‘तमु’ गुरुङ जातिलाई जनाउने अर्को नाम हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनको रुपमा पनि लिइन्छ ।
परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हुन्छ ।
यता तमु ल्हाेसारका दिन गोरखा बजारमा र्यालि निकालिएकाे छ । तमु ह्युल छाेज धिं नगर कार्य समिती गोरखाकाे आयाेजनामा गोरखा बजारमा र्याली निकालिएकाे हाे । त्यस्तै गोरखाकाे बारपाक लगायतका स्थानमा समेत ल्हाेसारका अवसरमा कार्यक्रमहरु भएका छन् ।
हेर्नुस १० फोटाे । तस्विरहरु : केशव गुरुङ्ग









