• आइतबार, असोज ४ २०८३

विद्यालय तहमा नयाँ ‘लेटर ग्रेडिङ’ निर्देशिका जारी


शुक्रबार, पुष १६ २०७८
985
Shares

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तह (कक्षा १ देखि १२) सम्म लागू हुने गरी नयाँ लेटर ग्रेडिङ निर्देशिका जारी गरेको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दीपक शर्माका अनुसार यो निर्देशिका यस शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू भएका कक्षाहरुमा मात्र लागू हुनेछ ।

अन्य कक्षामा नयाँ पाठ्यक्रम लागू भएपछि मात्र यो निर्देशिका लागू हुने उनले बताए । एसईई परीक्षाको सन्दर्भमा भने राष्ट्रिय परीक्षा बोर्डले नै निर्णय गर्ने उनले बताए ।

एसईईमा यसअघि नै ग्रेडिङ प्रणाली लागू भइसकेकाले बोर्डले यस्तो खाले निर्देशिका लागू गर्ने विषयमा निर्णय गर्न सक्ने उनले बताए ।

निर्देशिका अनुसार विद्यार्थीहरुले एउटा कक्षा पास गरेर अर्काे कक्षामा अध्ययन गर्न प्रत्येक विषयको सैदान्तिक परीक्षामा कम्तिमा पनि ३५ प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ ।

उक्त अंक प्राप्त नगरेका विद्यार्थीहरुले माथिल्लो कक्षामा अध्ययन गर्न पाउने छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार