• आइतबार, असोज ४ २०८३

मौसममा आयो सुधार,आजदेखि आन्तरिक उडान पुनः सुरु


बिहिबार, पुष १५ २०७८
490
Shares

मौसम प्रतिकूल हुँदा बुधबारदेखि रोकिएका आन्तरिक उडान आजदेखि पुनः सुचारु भएको छ।

आज बिहानबाट मौसममा सुधार आएसँगै धेरै ठाउँमा आन्तरिक उडान सुरु भएको त्रिभुवन विमास्थल कार्यालयले जनाएको छ।हिजो वर्षा र हिमपातका कारण नेपालका धेरै ठाउँको उडान स्थगित भएको थियो।

आज सोलुखुम्बुको लुक्लाबाहेक अन्य क्षेत्रमा उडान सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

लुक्लामा भने अझै हिमपात रोकिएको छैन।पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा कमजोर बन्दै गएपछि आज बिहानबाट काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार