• आइतबार, असोज ४ २०८३

हिउँले ढाक्याे गुप्सीपाखा (एघार फोटाेसहित)


बुधबार, पुष १४ २०७८
730
Shares

गोरखा । चिसाे बढेसंगै गोरखाकाे उत्तरी क्षेत्रमा हिमपात भएकाे छ । धार्चे गाउँपालिकाकाे लाप्राकमा हिजाे रातीदेखि निरन्तर हिमपात भइरहेकाे वडा नम्बर ४ का वडाध्यक्ष राज गुरुङ्गले जानकारी दिए ।

एनआरएनकाे सहयाेगमा निर्माण भएकाे गुप्सीपाखा पुरै हिउँले भरिएकाे छ । त्याहा एकै स्थानमा करिब ६ सय घरधुरी छन् । जसमा ५ सय ७३ घर एनआरएनले बनाएकाे थियाे ।

भूकम्पपिडितका लागि निर्माण गरिएपनि हाल करिब ५० परिवार मात्रै त्यस बस्तीमा बस्ने गरेकाे वडाध्यक्ष गुरुङ्गले सिभिलखबरलाई बताए । अन्य परिवार भने पूरानै बस्ती लाप्राकमा बस्छन् ।

११ फोटाेमा हेर्नुस हिउँले ढाकेकाे गुप्सिपाखा । तस्विरहरु : जेसन गुरुङ्ग / लाप्राक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार