गोरखा । गोरखाका बद्री प्रसाद पाेखरेलले विधार्थीलाई न्यानाे कपडा र झोला सहयाेग गरेका छन् । आफनाे जन्मदिनका अवसरमा पाेखरेलले गोरखा नगरपालिका ९ काे गोरखकाली प्राथामिक विधालयका सम्पूर्ण विधार्थीलाई जाडाेमा लगाउन ट्राक सुटसहित झाेला सहयाेग गरेका हुन ।
नेपाली सेनाबाट भरखरै अवकास लिएका उनले जन्मदिनकाे अवसरमा साे विधालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका ५० जना बिधार्थीलाई ट्राक सुटसहित किताब बाेक्ने झोला प्रदान गरेका हुन ।
उनले बुधबार एक कार्यक्रमका बिच बिधालयमा साे सामाग्री हस्तान्तरण गरेका हुन् । बिधालय ब्यवस्थापन समितीका अध्यक्ष प्रकाश कुवोरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उनले बिधार्थीसहित एक बृद्धा अभिभावकलाई न्यानाे कपडा समेत हस्तान्तरण गरेका छन् ।

‘मैले आफ्नाे हरेक जन्मदिन बालबालिकासंग मनाउने गर्छु, कहिले आफु जन्मेकाे स्कुलमा सहयाेग गर्छु, कहिले गूरुकुलका बच्चासंग रमाउछु’ पाेखरेलले भने ‘बालबालिकाहरु स्राेत साधनकाे कमीले पढाई लेखाईबाट बञ्चित नहुन भनेर सकेकाे केहि न केहि सहयाेग गर्ने अभियानमा छु, याे बर्ष मेराे श्रीमतीले टिचिङ गर्ने बिधालय छानेकाे छु ।’

सेवा गरे मेवा मिल्छ भन्ने उखानलाई सधै आत्मसाथ गरेर अघि बढेकाे स्मरण गर्दै उनले आगामी दिनमा आफुलाई सामाजिक काममा थप कृयाशिल बनाउने समेत बताएका छन् ।
सिरानचाेक गाउँपालिकाकाे छाेप्राक घर भएका पाेखरेल हाल गोरखा नगरपालिका ८ काे शिवटाेलमा बस्छन् । उनले एक बिधार्थी बराबर एक जाेर ट्राकसुट र झोला गरेर १ हजार ५ सय रुपैया बराबरकाे सामाग्री ५० जनालाई बितरण गरेका हुन ।
कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका सदस्य शान्तसिं बस्न्यात, प्रधानाध्यापक रमेशचन्द्र पाेखरेल लगायतले बाेलेका थिए । कार्यक्रममै सहयाेगदाता पाखरेललाई बिधालयले सम्मान समेत गरेकाे थियाे ।