• आइतबार, असोज ४ २०८३

राजेश हमालले अब बलिउड फिल्ममा खेल्ने


बुधबार, पुष १४ २०७८
565
Shares

महानायक राजेश हमालले अब बलिउड फिल्ममा खेल्ने भएका छन्। भारतीय निर्माता राजेश चौधरीले राजेशलाई लिएर बलिउड फिल्म बनाउन लागेका हुन्।

फिल्मभन्दा पहिले हमालसँग चौधरीले एउटा हिन्दी गीतको म्युजिक भिडिओ बनाउन भएका छन्।निर्माता चौधरीद्वारा निर्मित हिन्दी गीतको भिडिओ सार्वजनिक गर्न अहिले हमाल मुम्बईमा छन्।
‘राजेश हमाल सर चाँडै एउटा हिन्दी गीतमा पनि देखिनुहुनेछ। बलिउड फिल्मको तयारी हुँदैछु, चौधरीले भनेका छन्, ‘उहाँसँग सहकार्य गर्न पाउँदा उत्साहित छु।’चौधरीले बनाएको गीत ‘चेहेरा’ को मंगलवार मुम्बईमा सार्वजनिक गरियो। नेपाल र भारतमा खिचिएको गीतमा नेपाली मोडल नीति शाहले पनि खेलेकी छन्।

‘चेहेरा’ बोलको हिन्दी गीतको म्युजिक भिडिओ म्यूजिक रिलिज कार्यक्रममा सहभागी हुन नीतिसहित हमाल सोमवार मुम्बई पुगेका थिए।उनले त्यहाँका पत्रकासँगको कुराकानीमा मुम्बई आउँदा फरक ऊर्जा मिल्ने बताएका छन्। ‘धेरै वर्षपछि म मुम्बई आएँ। पहिले कयौँ पटक आएको थिएँ। मुम्बईले मलाई बेग्लै ऊर्जा दिन्छ।’

उनले आफू हिन्दी फिल्मका सबै कलाकारको आफू फ्यान भएको बताएका छन्। ‘हिन्दी फिल्मका सबै कलाकारको फ्यान हुँ। बलिउडमा धेरै राम्रो कलाकारहरु हुनुहुन्छ, उनले भने, ‘तर, सबैको बाप त अमिताभ बच्चन हुनुहुन्छ। मुम्बई फिल्मको सहर भएकाले मलाई खुसी लाग्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार