• आइतबार, असोज ४ २०८३

नयाँ बसपार्कमा ३४ वर्षीया महिला माथि सामूहिक बलात्कार, आठ जना पक्राउ


बुधबार, पुष १४ २०७८
695
Shares

काठमाडौं-२६ मित्रनगरस्थित नयाँ बसपार्कमा ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पुस १३ गते रातिदेखि १४ गतेसम्म महिलामाथि सामूहिक बलात्कार भएको हो।

महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आठ जनालाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको छ।

मंगलबार राति र बुधबारसम्ममा काठमाडौंका विभिन्न ठाउँबाट बलात्कार आरोपीलाई पक्राउ गरिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

बलात्कारमा संलग्न अर्का एक जना फरार रहेको र उनको खोजी भइरहेको प्रहरी उपरीक्षक मैनालीले बताए।

‘बसपार्कको एउटा गेष्ट हाउसमा लगेर महिलालाई बलात्कार गरिएको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन भएको थियो,’ मैनालीले भने।

सुरूमा बलात्कार घटनाबारे प्रहरी प्रभाग नयाँ बसपार्कमा सूचना पुगेको थियो। त्यसपछि प्रहरी वृत्त महाराजगन्ज, परिसर र अपराध महाशाखाको टोली अनुसन्धानमा जुटेको थियो।

महिलाको स्वास्थ्य परीक्षण गरिएको र उनको स्वास्थ्य सामान्य रहेको मैनालीले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार