rGb|flul/df lxdkft
sf7df8f}F, !$ k'; M /fte/ k/]sf] clj/n jiff{;Fu} /fhwfgLsf] k|d'v ko{6sLo:yn rGflul/ 8fF8fdf lxdkft . rGb|flul/df of] jif{ klxnf]k6s lxdkft ePsf] xf] . t:jL/ M cRo't /]UdL÷ /f;;

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।
यतिबेला काठमाडौँमा पनि वर्षा भइरहेको छ । काठमाडौँमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका हुन् ।