• आइतबार, असोज ४ २०८३

एमाले पार्टी कार्यालयमा शव भेटियो


मंगलबार, पुष १३ २०७८
725
Shares

नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने तर सडकमा मागी खाने ५६ वर्षीय सेतो कुलाल रहेका छन् ।

उनको शव एमालेको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीयले खबर गरेपछि अनुसन्धान अधिकृतसहित सात जनाको टोली अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ ।  मृतकको अनुहारमा चोट पटक देखिएकोले थप अनुसन्धानको लागि प्रहरी नायव उपरीक्षक नरेन्द चन्दको कमाण्डमा पाँच जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार