• आइतबार, असोज ४ २०८३

नेपाल लाइफद्वारा ५ महिनामा ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन


मंगलबार, पुष १३ २०७८
680
Shares

मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ।नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको जनाएको छ।

कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात मंसिर अन्त्यसम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार कम्पनीले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्यम मार्फत ‘नेपालकै नं १’ अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै एउटा अभियान नै सञ्चालन गर्यो। जुन अभियान (क्याम्पियन) ले समेत बजारमा सकारात्मक प्रभाव पारेको छ।

जीवन बीमाको विश्वसनीयता तथा जीवन बीमामा आकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुष ६ गते देखि ‘नेपालकै नं। १’ अभियान सार्वजनिक गरेको थियो। कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले अभियानमार्फत कम्पनीलाई यस उचाईँसम्म पुर्‍याउन सकिएको जानकारी दिए।

हरेक सुचकको अब्बलतालाई कायम गर्दै नेपाल लाइफ अगाडि बढ्दै आएको कम्पनीको दाबी छ।

आ।व। २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, रु ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ। साथै अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार