• आइतबार, असोज ४ २०८३

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा डा.महाश्रम शर्मा नियुक्त


मंगलबार, पुष १३ २०७८
925
Shares


नव नियुक्त राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले पदभार ग्रहण गरेका छन्। केही दिनअघिको मन्त्रिपरिषद् बैठकले डा.शर्मालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो।

लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले शर्मालाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो।

सोमबार पदभार ग्रहण गर्दै अध्यक्ष शर्माले बोर्डबाट हुने मूल्यांकनलाई परिष्कृत गर्दै विश्वस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गरे। बोर्डबाट जारी भएका सर्टिफिकेट विश्वमा कहीँ प्रवेश परीक्षा नलिई भर्ना पाउने गरी मूल्यांकनलाई परिष्कृत गरिने उनको भनाई थियो। 

उनले सामूहिक नेतृत्व र निर्णयबाट सफलता पाउन सकिने भएकाले त्यसैलाई आत्मसात गरेर आफू अघि बढ्ने बताए। बोर्डमा लामो समयदेखि रोकिएको कर्मचारीको वृत्तिविकास अघि बढाउनेसमेत प्रतिबद्धता जनाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार