• आइतबार, भाद्र २१ २०८३

सिरिन्ज अभाव भएपछि खोप कार्यक्रम स्थगित


मंगलबार, पुष १३ २०७८
770
Shares

१२ देखि १७ वर्षका बालबालिकाका लागि दिने भनिएको फाइजर खोपको लागि सिरिन्ज अभाव भएपछि खोप कार्यक्रम स्थगित भएको छ । यस अघि काठमाडौं ललितपुर भक्तपुर, काभ्रे चितवन सिन्धुली,डडेलधुरा र सुर्खेत गरि ८ जिल्लामा पौष १३ गतेदेखि बालबालिकाका लागि दिने भनिए पनि सिरिन्ज अभावमा खोप कार्यक्रम स्थिगित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सिरिन्ज प्राप्त हुने वित्तिकै खोप लगाउने कार्यक्रम प्रारम्भ गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा भने पौष ७ गतेदेखि बालबालिकाका लागि कोभिड १९ विरुद्धको मोडर्ना खोप अभियान सञ्चालन भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार