• आइतबार, असोज ४ २०८३

‘सम्बन्ध’ मा आकाश र जेबिकाको जोडी (भिडियो)


मंगलबार, पुष १३ २०७८
710
Shares

काठमाडौँ । नेपाली भाषी गायक पुष्प गजमेरले ‘सम्बन्ध’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  सेण्टिमेण्टल भर्सनमा आधारित यस गीतमा स्वयम् गायक गजमेरको शब्द अनि संगीत रहेको छ।  

अमेरिकामा बस्दै आएका गायक गजमेर विगत २ दशक  देखि संगीतमा सक्रिय छन्।  हिमालयन म्युजिक एकेडेमीका  सिइओ समेत रहेका गजमेरको एकेडेमीमा बाध्यवादन, नृत्यको प्रशिक्षण हुने गरेको छ । यस गीतलाई सुमित बिश्वकर्माले संगीत संयोजन गरेका हुन्।आकाश श्रेष्ठ र जेबिका कार्की बीचको प्रेम र वियोगलाई भिडियोमा प्रस्तुत गरिएको छ।  

  शंकल भुजेलले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्।  हिमालयन आर्ट्स ल्याङ्ग्वेज एण्ड कल्चरल एकेडमीको प्रस्तुति रहेको यस भिडियोलाई शिशिर खातीको निर्देशनमा तयार पारिएको हो।

शान्ती गजमेर निर्मात्री रहेको यस भिडियोलाई ‘हिमालयन म्युजिक एकेडमी’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार