• आइतबार, असोज ४ २०८३

गोरखाका प्रकाशबाबु थापालाई याे बर्षकाे सर्बोत्कृष्ठ गीतकारकाे अवार्ड


मंगलबार, पुष १३ २०७८
605
Shares

गोरखाका प्रकाशबाबु थापाले याे बर्षकाे सर्बोत्कृष्ठ गीतकार अवार्ड प्राप्त गरेका छन् ।

म्युजिक खवर म्युजिक अवार्ड(२०२१) को सर्बोत्कृष्ठ गीतकार अवार्ड गोरखाकाे शहिद लखन गाउँपालिका ८ बु‌काेटका थापाले प्राप्त गरेका हुन् ।

लामो समयदेखि नेपाली गीत संगीत र साहित्य लेखनमा कलम चलाएका थापा प्रकाशपुन्ज नामबाट समेत परिचित छन् । हालसम्म उनका ४० भन्दा बढी गीत रेकर्डिङ भइसकेका छन् ।
बरिष्ठ गायक आनन्द कार्की, चर्चित गायिका इन्दिरा जोशी, मिलन नेवार, शर्मिला बर्देवा, सबिना कार्र्की, धिरज राई, सपनकुमार राई लगायत थुप्रै चर्चित गायक गायिकाहरुले प्रकाशपुन्जको गीतमा स्वर दिएका छन् ।​​

गोरखाको शहीदलखन गाउँपालिका ८ बुंकोट निवासी थापाका यो भन्दा अगाडि पनि गीतहरु टप ५ को नोमिनेसनमा परेका थिए । यो बर्ष उनले लेखेको ‘एउटा फूल टिपेर मनमा चढाँएँ’ गीतले सर्बोत्कृष्ठ गीतकार पुरुष सुगम संगीतको टाइटलमा अवार्ड चुमेको हो ।

यस गीतको स्वर र संगीत दुवै गायक राज सागरले दिएका छन् भने एरेन्जरको भुमिका भने गायक राजन इसानले निभाएका छन् । गीतको राम्रो म्युजिक भिडियो पनि बनेको छ जसमा अभिसेक गिरी, रन्जु बस्नेत, प्रशान्त कुमार यादव तथा लक्ष्मी धमलाको अभिनय देख्न सकिन्छ । गीतको निर्देशन भने चर्चित ढुङ्गेलले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार