• आइतबार, असोज ४ २०८३

अश्लिल शीर्षक राखेर युट्युबमा भिडिओ राख्ने काठमाडौंबाट पक्राउ


सोमबार, पुष १२ २०७८
495
Shares

Central Cyber Bureau, Kathmandu

युट्युबमा अश्लिलता झल्काउने सामाग्री प्रसारण गरेको आरोपमा एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङ घर भई हाल काठमाडौं महानगरपालिका अनामनगर बस्ने ३१ वर्षीय रामबहादुर मल्ललाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

उनी युट्युब च्यानल साथीभाइ अनलाइन टिभीका सञ्चालक हुन्।आफ्नो च्यानलमा अश्लिल शीर्षक राखेर समाजमा अश्लिलता फेलाउने किसिमका भिडिओहरू बनाएर राखेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको भन्दै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

अदालतबाट ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार