• आइतबार, असोज ४ २०८३

सेन्ट्रल जोन फाइनलमा नेपाल उज्वेकिस्तान सँग खेल्दै


सोमबार, पुष १२ २०७८
665
Shares

काठमाडौं। साविक विजेता नेपाल बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा लगातार पाँचौ जित हात पारेको छ ।

यसअघि नै फाईनल पुगिसकेको नेपालले ढाकामा सोमबार भएको राउण्ड रोबिनको अन्तिम खेलमा मीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै अपराजित रहेको हो ।
नेपालले कीर्गिस्तानलाई २५-८, २५-१४, २५-१६ ले पराजित गरेको हो।

अपराजित नेपालले अब उपाधिका लागि फाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तानले सोमबारै भएको खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-२ को सेटमा हराएर फाईनलमा स्थान बनाएको हो।

अपराजित रहँदै ५ खेलबाट १४ अंक जोडेर शीर्ष स्थानमा रहेको नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो भने दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-०, तेस्रो खेलमा बंगलादेशलाई ३-० र चौथो खेलमा उज्वेकिस्तानलाई पनि ३-० कै सेटमा हराएको थियो।

नेपाल र उज्वेकिस्तानबीचको लाईनल खेल मंगलबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार