• आइतबार, असोज ४ २०८३

प्रहरीमा महिला कर्मचारीको संख्या बढाउनु जरुरी छः प्रहरी महानिरीक्षक थापा


सोमबार, पुष १२ २०७८
840
Shares

सप्तरी । नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्रीले संगठनमा महिला कर्मचारीको संख्या बढाउनु जरुरी रहेको बताएका छन् ।

प्रदेश २ प्रहरी तालिम केन्द्र, जनकपुरधामको सम्पर्क कार्यालय राजविराजमा महिला आवास गृह, कक्षाकोठा तथा आवास गृहको सोमबार उद्घाटन गर्दै थापाले
उक्त कुरा बताएका हुन् ।यसका निम्ति आफूहरुले काम गरिरहेको समेत महानिरीक्षक क्षेत्रीले बताए । उनले भने, ‘संविधान अनुसार ३३ प्रतिशत महिला सहभागितालाई संगठनले प्राथमिकतामा राखेको छ।’

प्रारम्भमा आफूहरुले जागिर खाँदा ३–४ प्रतिशत मात्रै महिलाको सहभागिता रहेकोमा अहिले झन्डै ११ प्रतिशत सहभागिता रहेको जानकारी दिए । उनले ५० प्रतिशत महिला सेवाग्राही रहेको अवस्थामा आगामी दिनमा यसको संख्या बढाउनु जरुरी रहेको बताए ।

नेपाल प्रहरीको आफ्नै लैंगिक नीति रहेको भन्दै उनले महिलामैत्री वातावरण कसरी सृजना गर्न सकिन्छ भन्नेमा आफूहरुले विशेष चासो राखेको बताए । ‘नेपाल प्रहरी आधा आकाश ढाकेको महिलालाई न्याय प्रदान गर्ने प्रारम्भिक निकाय पनि हो’ उनले भने, ‘महिला हुने हिंसा अपराधिक घट्नालाई महिला प्रहरी अधिकृत र कर्मचारीले नै डिल गर्दा सहज हुन्छ र न्यायको सही र असल सम्पादन हुन्छ भन्ने हाम्रो विश्वास हो । बनेका यी भौतिक संरचनाले आगामी दिनमा प्रश्रय दिन्छ भन्ने हाम्रो अपेक्षा छ ।’

एमआईपीपी परियोजना अन्तर्गत यूनप्सको सहयोगमा २ सय जना क्षमता भएको महिला आवास गृह र ५० जना क्षमता भएको ४ वटा कक्षाकोठाको निर्माण भएको छ । यस्तै, साविकको अतिथी गृहलाई रिट्रोफिटिंग पश्चात पुनः निर्माण गरिएको छ ।

परियोजना प्रमुख कोमल कार्कीले रु १५ करोडको लागतमा यी भवनको निर्माण भएको जानकारी गराए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार