• आइतबार, असोज ४ २०८३

भारतमा ओमिक्रोन संक्रमित बढेसँगै नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यू


सोमबार, पुष १२ २०७८
635
Shares

भारतमा कोभिड संक्रमण फेरि तिब्र रूपमा बढ्न थालेपछि राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइएको छ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमबारबाटै लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो।यसअघि छिमेकी राज्य उत्तर प्रदेश र हरियाणामा शनिबारदेखि नै रात्रीकालिन कर्फ्यू लागिसकेको छ।

कर्फ्यू लागेसँगै अत्यावश्यक सेवाहरू प्रभावित नहुने र स्वास्थ्य सुरक्षालाई ध्यान दिइने राज्य सरकारले भनेको छ।

राति ११ बजेपछि बजार, पसल, तथा मानिसको आवतजावतमा पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ। अन्य समयमा मास्क लगाएर हिँड्ने तथा सामाजिक दूरी कायम गरी स्वास्थ्य सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन्।

दिल्लीमा आइतबार कोरोनाका थप २९० संक्रमित भेटिएका छन्। यो सँगै दिल्लीमा सक्रिय संक्रमितको संख्या ११०३ पुगेको छ।

राज्य सरकारका अनुसार राज्यमा कोरोना संक्रमित दरमा ०।५ प्रतिशत वृद्धि भएको जनाएको छ।

भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन्। उनीहरुमध्ये ५२९ जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ ।

आइतबार मात्रै महाराष्ट्रमा सबैभन्दा बढी ३१ जनामा ओमिक्रोनका संक्रमित फेला परेका छन्। केरलामा १९, चण्डीगढ र मध्य प्रदेशमा ९-९, ओडिसामा ४, तेलंगनामा ३, आन्द्र प्रदेशमा २ हिमाञ्चल प्रदेशमा १ जनामा ओमिक्रोन फेला परेको छ।

अंग्रेजी नयाँ वर्षमा होटल, रेस्टुरेन्ट, सांगीतिक क्लबलगायतका बढी भिडभाड हुने क्षेत्रहरुमा मानिसहरुको चहलपहल बढ्ने भएकाले विभिन्न राज्यमा निषेधाज्ञा र कर्फ्यू लगाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार