• आइतबार, असोज ४ २०८३

म गायक होइन, स्टेज पर्फमर हुँः दुर्गेश थापा


सोमबार, पुष १२ २०७८
980
Shares

गायक दुर्गेश थापाले आफूले बारम्बार आफू गायक होइन भनेर स्पष्टीकरण दिंदा पनि होच्याउने काम भएको गुनासो गरेका छन् । बारम्बार विवादमा पर्ने गायक थापाले मिडियासँग कुराकानी गर्दै भने–‘मैले बारम्बार भन्दै आएको छु कि म गायक होेइन । म स्टेज पर्फमर हुँ । मलाई किन नारायण गोपाल, यम बराल, रामकृष्ण ढकालसँग दाँज्नुहुन्छ । म त्योे हैसियतको मानिस नै होेइनँ ।’

एक टेलिभिजन कार्यक्रममा ‘बाथरुम सिंगर’ भन्दै आलोचना गरिएपछि आक्रोशित भएका दुर्गेशले भने–कसैको कामको बारेमा टिप्पणी गर्न पाइन्छ । तर, कसैलाई व्यक्तिगत रुपमा होच्याउन पाइँदैन । उक्त व्यक्तिको चित्त दुख्छ कि, उसको पनि मन हुन्छ भनेर सोच्न आवश्यक छ ।’

थापाले आफूलाई सम्मान गर्ने मानिसलाई आफूले पनि सम्मान गर्ने बताए । भने–‘कसैलाई गिराएर पनि नभन्नुहोस् । किनकि, हामी पनि दुःख गरेर आएका हौं । हामीसँग पनि धेरै संघर्ष गरेका कथा छन् । कसैलाई होच्याउन हुँदैन ।’दुर्गेशले आफू गायक नभएर स्टेज पर्फमर र इन्टरटेनर भएको बुझिदिन आग्रह गरे ।

‘म्युजिक खबर म्युजिक अवार्ड’मा वर्षकै सर्वोत्कृष्ट पपुलर मोडलकोे अवार्ड पाएका दुर्गेशले दर्शकको मायाले आफू यो स्थानसम्म आइपुगेकोे बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार