• आइतबार, असोज ४ २०८३

सांग्रिला डेभलपमेन्ट बैंकको डिजिटल बैंकिङ्ग सम्बन्धी बित्तिय साक्षरता कार्यक्रम सम्पन्न


आइतबार, पुष ११ २०७८
1.1K
Shares

राष्ट्रिय स्तरको बिकास बैंक सांग्रिला डेभलपमेन्ट बैंक गोरखा शाखाले आफ्नो सामाजीक उत्तरदायीत्व कार्यक्रम अन्तरगत डिजिटल बैंकिङ्ग सम्बन्धी बित्तिय साक्षरता कार्यक्रम गरेको छ । आइतबार सदरमुकाममा अबस्थीत द्रब्यशाह बहुमुखी क्याम्पसमा बि.बि.एस दोस्रो तथा तेस्रो बर्षमा अध्ययनरत बिधार्थीहरु माझ उत्त कार्यक्रम गरिएको बैंकका कर्मचारी अनिल भण्डारीले जानकारी दिए ।

कार्यक्रम बैकको गोरखा क्लष्टर प्रमुख महेश अघिकारिको सभापतित्व तथा क्याम्पस प्रमुख रामचन्द्र दवाडीको प्रमुख अतिथ्यतामा सम्पन्न भयको थियो, भने डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम गोरखा शाखाका शाखा प्रमुख सन्दिप श्रेष्ठले सञ्चालन गरेका थिए । उत्त कार्यक्रममा करिब ४५ जना बिधार्थीहरुको उत्साहप्रद सहभागीता रहेको साथै अन्य शिक्षक शिक्षिका तथा बैंकका कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार