गोरखा । गोरखा नगरपालिका वडा न १ ताप्लेकाे भोगटेनी च्यानडाडा चौतारापाखा सामुदायिक बन उपभोक्ता समितिमा पुन: कुमार बानियाँ अध्यक्षमा चयन भएका छन् ।
समितीकाे शनिबार सम्पन्न ११औ अधिबेशन तथा २१औ साधारण सभाले बाँनियालाई अध्यक्षमा निर्विराेध चयन गरेकाे हाे ।
त्यस्तै अधिवेशनबाट उपाध्यक्षमा इब्राहिम मिया, सचिव टोप बहादुर भट्ट, कोषाध्यक्षमा अमृता थापा, सह-सचिवमा चेत बहादुर रोकाहा, सद्स्यहरु घमान सिंह बानियाँ, सीता परियार, मैनुदिन मिया, इस्राइल दिन मिया, रुपा श्रेष्ठ चयन भएका छन ।
कार्यक्रममा समितिका सस्थापक अध्यक्ष सहित ११ जनालाई सम्मान समेत गरिएकाे बताइएकाे छ ।