• आइतबार, असोज ४ २०८३

दुई करोड ठगी मुद्दाले क्रिसमसमा घर जान पाइनन् ज्याकलिन फर्नान्डिज


आइतबार, पुष ११ २०७८
755
Shares

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले यस वर्ष क्रिसमस आफ्नो घरमा मनाउन पाइनन्। उनलाई इडीले भारत बाहिर जान रोक लगाएपछि क्रिसमसमा घर जान नपाएकी हुन्। दुई करोड ठगी प्रकरणमा मुछिएपछि कानुनी झमेलामा फसेकी ज्याकलिन तनावमा छिन्।

ठगी मुद्दा लागेका सुकेश चन्द्रशेखरसँग उनको पनि नाम जोडिएको हो। सुकेशबाट ज्याकलिनले पाएका सबै उपहार जफत गर्ने तयारी इडीले गरेको छ।

ठगीबारे अनुसन्धान भइरहेकाले ज्याकलिनलाई भारत जान रोक लगाइएको इडीले जनाएको छ। यसअघि व्यावसायिक सम्झौताअनुसार रियाद जान मुम्बई एयरपार्ट पुगेकी ज्याकलिनलाई इडीले रोकेको थियो। भरत बाहिर निस्कन ज्याकलिन क्लिनचिटको पर्खााइमा छिन्।

दुई करोड ठगी मुद्दाको यो मामिलामा ज्याकलिनसँगै नोरा फतेही, श्रद्धा कपुर, शिल्पा शेट्टी र हरमन बावेजा पनि मुछिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार