• आइतबार, असोज ४ २०८३

आँचल शर्माले खेलिन् साउथ इन्डियन फिल्म, मुख्य भूमिकामा


आइतबार, पुष ११ २०७८
745
Shares

नेपाली अभिनेत्री आँचल शर्माले साउथ इन्डियन फिल्ममा डेब्यु गरेकी छन्।नेपालमा १५ दिन छायांकन गरिएको तेलुगु फिल्म ‘हिटम्यान’मा अभिनेत्री आँचलले मुख्य भूमिकामा अभिनय गरेकी हुन्। उनको अपोजिटमा तेलुगुस्टार विष्णु अधिकारी छन्। अधिकारी फिल्मका निर्देशकसमेत हुन्।

उक्त फिल्म काठमाडौं र पोखरामा छायांकन गरिएको हो। फिल्ममा अभिनेत्री आँचलले नेपालीमै संवाद गरेको बताइएको छ।

नेपाल र भारतमा सुटिङ गरिएको ‘हिटम्यान’मा आँचल भने नेपालका दृश्यमा देखिने छिन्।

दीपक अधिकारीले निर्माण गरेका ‘हिटम्यान’ वाईएस शेखरले छायांकन गरेका हुन्। यो चलचित्र आउने मार्चमा रिलिज गर्ने तयारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार