• आइतबार, असोज ४ २०८३

शहिद लखनले दियाे मानव सेवा आश्रमलाई ५ लाख ११ हजार १ सय ११ नगद


आइतबार, पुष ११ २०७८
785
Shares

गोरखा । शहिद लखन गाउँपालिकाले मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । शनिबार गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले आश्रमको भवन निर्माण समितिका संयोजक इश्वरकाजी मास्के र आश्रम संचालिका मुना लामालाई संयुक्त रुपमा पाँचलाख ११ हजार एकसय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

गोनपा ८ नगरपालिकारोडमा निर्माण भइरहेको आश्रमको बाल शाखा भवन निर्माणका लागि शहीदलखन गाउँपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको आश्रमकी मुना लामाले बताइन् । गाउँपालिकाका अध्यक्ष थापाले भवन निर्माणमा केही राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको बताउदै आगामि दिनहरुमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । शहिदलखन गाउँपालिकाले यसअघि पनि विभिन्न चरणमा सहयोग गर्दै आएको छ ।

सोहि अवसरमा भवन निर्माणका लागि शहिद लखन गाउँपालिका वडा ९ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले पाँच हजार, वडा नं ७ का वडा अध्यक्ष शरण श्रेष्ठले १५ हजार रुपैया व्यक्तिगत रुपमा सहयोग गरेको लामाले जानकारी दिइन् ।

नगद हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष थापा, प्रशासकीय अधिकृत जीवन बहादुर आले मगर, वडा नं ७ का वडा अध्यक्ष श्रेष्ठ, ८ का काशीनाथ अंगाई र ९ का अध्यक्ष लामिछाने, लेखा अधिकृत सन्तोष लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार